यसरी सम्पन्न हुनेछ नेपाली काँग्रेसको महाधिवेशन
नेपाली काँग्रेसको पदाधिकारी बैठकले भदौ महिनाभित्र हुनैपर्ने १४ औ महाधिवेशन १६ देखि भदौ १९ गतेसम्मका लागि प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्ने बताइएको छ ।
कोरोना महामारीका कारण क्रियाशील सदस्यताबारे टुङ्गो लगाउन नसकेपछि शनिबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले यसअघि तय गरिएको मितिलाई ९ दिन पर धकेलेको हो ।
यसअघि असार ६ गते हुने भनिएको वडा अधिवेशनलाई एक महिना पर धकेलिएको छ । अब उक्त अधिवेशन साउन ६ गते हुनेछ भने गाउँ र नगरपालिकास्तरीय अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एउटा मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २० गते गर्ने प्रस्ताव छ ।
त्यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशनको प्रस्ताव गरिएको छ । संशोधित तालिकाअनुसार प्रदेश अधिवेशन भदौ १ र २ गते प्रस्ताव गरिएको छ ।
टिप्पणीहरू