पूर्वप्रधानमन्त्री खनाललाई इमर्जेन्सीबाट वार्डमा सारियो
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षबाट भर्खरै पाँचौ तलाको बेड नम्बर ५०६ मा सारिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि आज बिहान उहाँलाई आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अहिले स्वास्थ्यमा सुधार भएपछि उहाँलाई बेडमा सारिएको अस्पताल स्रोतले बताएको छ ।
टिप्पणीहरू