शीर्ष तहमा संघर्ष,जिल्लामा धमाधम एकपक्षीय समिति निर्माण

शीर्ष तहमा संघर्ष,जिल्लामा धमाधम एकपक्षीय समिति निर्माण

एमालेको शीर्ष तहमा देखिएको विवाद झन् गहिरिँदै जाँदा जिल्ला तहमा भने नयाँ अभियान थालिएको छ । नेकपा एमाले मोरङमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले घोषणा गरेको अधिवेशनको निर्णयले उक्त अवस्था देखिएको हो ।

ओली खेमाले मोरङमा वडा र पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । शनिवार बसेको बैठकले १ सय ५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन हुने निर्णय गरेको हो ।

अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा शनिबार बसेको जिल्ला कमिटीको बैठकले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकै दिन गर्ने तयारी गरेको छ । पार्टीमा आवद्ध सबै जनसंगठनहरुको भेला तथा अधिवेशन पनि भदौ मसान्तसम्ममा गरि सक्नुपर्ने छ । यसैगरी साउन १५ गते भित्र सबै सदस्यले सदस्यता नवीरकण गर्नुपर्ने छ ।

टिप्पणीहरू