मिति अगावै बैंकले चेक साटी दिएपछि ..

मिति अगावै बैंकले चेक साटी दिएपछि ..

भेरीगंगा नगरपालिका छिन्चुका व्यवसायी अम्मर ओलीले साउन २१ गते साटिने गरी दिएको चेक सिभिल बैंक सुर्खेत शाखाले ७ दिन अगावै साटिदिएको छ ।

व्यवसायिक सिलसिलामा ‘ब्याक डेट’ (पछि आउने मिति)मा साटिने गरी उनले भुपेन्द्र लामिछानेको नाममा दिएको रु. ४६ हजार ५ सय रुपैयाँ उल्लेख भएको चेक बैंक शाखा सुर्खेतका कर्मचारीले साउन १५ गते अर्थात ७ दिनअगावै साटिदिएका हुन् ।व्याक डेटका लागि दिएको चेक अगावै साटिएर सोहीबमोजिम खाताबाट पैसा घटेको मोबाइलमा म्यासेज आएपछि थाहा पाएको र बैंकले गल्ती स्वीकार नगरी आफूलाई चेकमा मिति सच्चाइदिन भन्दै पटक–पटक दवाव दिएकोले फोन स्वीच अफ गरी सम्पर्कविहीन हुन बाध्य बनाएको ओलीले जानकारी दिए ।

बैंकका शाखा म्यानेजर त्रिलोक उपाध्यायले भने मानवीय त्रुटीका कारण यस्तो भएको भन्दै स्वीकार गरेका छन् । यस्तै चेक आधिकारिकता हो वा होइन,सटही योग्य छ छैन भन्नेजस्ता कुरा प्रमाणित नगरेरै व्याक डेटको चेक सटही गर्नु जघन्य वित्तीय अपराध भएको नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशका प्रमुख डा. शालिकराम पोखरेलले बताए ।

टिप्पणीहरू