एमाले सचिवको प्रष्टीकरण

एमाले सचिवको प्रष्टीकरण

नेकपा एमालेले आसन्न विधान महाधिवेशनमा सम्पर्क कमिटीहरुलाई बाइपास नगरेको जनाएको छ । पार्टीका सबै तह र कमिटीलाई यथोचित प्रतिनिधित्व गराउने व्यवस्था गरिएको उसको दावी छ ।

सम्पर्क कमिटीहरुलाई विधान महाधिवेशनमा प्रतिनिधित्व हुनबाट रोकिएको सम्बन्धमा सचिव एवम् प्रवक्ता प्रदीय ज्ञवालीले पार्टीले जारी गरेको लिष्टमा ठ्याक्कै सम्पर्क कमिटी भनेर नलेखिएको तर सबैलाई समेटिएको बताउनुभएको छ ।

जनआस्थासँगको कुराकानीमा उहाँले एमालेमा केन्द्रीय सम्पर्क कमिटी र प्रदेश सम्पर्क कमिटीले कमिटीको मान्यता पाएका र अरु तहहरु मन्चको स्वरुपमा रहेकाले बुझाईमा अन्तर परेको हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेश सम्पर्क कमिटीहरु भूगोलको जिल्ला कमिटी सरह हुन्,कहिँ कतै कमजोरी भएको भए आगामी बैठकमा सच्याइने छ ।’

टिप्पणीहरू