पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बैद्य माओवादी सडकमा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बैद्य माओवादी सडकमा

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले सरकारले हालै गरेको इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । क्रान्तिकारीले आज विज्ञप्ति जारि गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो ।

नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै ३ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै, खाना पकाउने ग्यासको मूल्य पनि एक सिलिन्डरमा ७५ रुपैयाँ बढाईएको छ ।पेट्रोल, डिजेल र ग्याँसको भाउ बढ्दा जनताको दैनिकीमा प्रत्यक्ष असर गरेको भन्दै जाने क्रान्तिकारीले बढाइएको मूल्य अबिलम्ब फिर्ता गर्न सरकार, आयल निगम र सम्बन्धित निकायलाई भनेको छ । बढेको मूल्य फिर्ता नगरे सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने क्रान्तिकारीको चेतावनी छ ।

टिप्पणीहरू