​निर्मलाको हत्यारा खोज्दा जे मिलेन

गर्नुपर्ने काम–कुरा नगर्ने, नगर्नुपर्ने कामबाट स्याबासी थाप्ने लहर चल्दा सबभन्दा चासोको विषय बनेको निर्मला पन्त बलात्कार र हत्या प्रकरण अझै अलमलमै परेको छ ।

बिडम्बनाकै कुरा हो कसले बलात्कार ग¥यो पत्ता लगाउने हैन, कुन अनुसन्धानकर्ताले यसक्रममा गल्ती ग¥यो भनेर रिपोर्ट पेश गर्नेले वाहवाही कमाइरहेका छन् । आफ्नो गल्ती ढाकछोप गर्र्दै र अरुका कमजोरी खोल्दैमा यति गम्भीर अनुसन्धान लामो समयदेखि अलमलमा परेको हो । छानवीन समितिहरू बनेका बन्यै छन् । त्यसो गरिएको हत्यारा पत्ता लगाउने काममा सहजताका लागि हो । तर, रिपोर्ट पेश हुन्छ, कुन अनुसन्धानकर्ताले गल्ती ग¥यो भनेर । गल्ती गर्नेले डिएनए परीक्षण गराउने हिम्मत गर्ला र ?

नेपाल प्रहरीसँग गम्भीर प्रकृतिका कसुरमा अपराधी पत्ता लगाउने अलग्गै अपराध अनुसन्धान विभाग छ । ऊसँग फोरेन्सिक ल्याब, तालिमप्राप्त कुकुरदेखि अनेकन विधि उपलब्ध छ । तर, त्यो विधिको प्रयोग बेलामा भयो कि भएन ? उक्त विभागमा त्यतिबेला हाकिम को थिए ? आफूसँग उपलब्ध सुविधा बेलामा उपयोग नगर्ने, अनि घटनास्थलमा अनुसन्धान गर्नेहरूका दोष खुट्टयाएर जागिर पकाउने अचम्मको तमाशा चल्दै छ । यस्तो भएपछि जागिर धरापमा पारेर अनुसन्धानमा को खटिन्छ ?

शुरुमा पक्राउ परेका दिलीपसिंह विष्ट निर्मलाको भेजिनल स्वाबको डिएनए परीक्षणबाट संलग्नता पुष्टि नभएको नाममा छुटे । उनले लिखित र भिजुअल बयानमा सबै कुरा फरर्र भनेका छन् । तर, मानसिक सन्तुलन ठीक नभएको नाममा छुटे । कसुरदार पत्ता लगाउने कि अनुसन्धानकर्ताको रौँ–चिरा पत्ता लगाएर विषयान्तर गर्ने ? अहिलेको गम्भीर प्रश्न यो हो ।

टिप्पणीहरू