​कानुन बनाउनेहरू नै काट्कुट

कानुन बनाउने मान्छेहरू नै कानुन तोड्नतिर लागेपछि भारतमा चार जना सांसदले खाइपाई आएको अर्को पद गुमाएका छन् !
नयाँ सरकार छान्ने लोकसभा चुनाव सन्निकट रहेका बेला सत्तारुढ भारतीय जनता पार्टीका उपाध्यक्ष तथा अन्य मुलुकसँग सांस्कृतिक सम्बन्धका गतिविधि गर्ने संस्थाका अध्यक्ष विनय सहश्रबुद्धिलाई गत शुक्रबार त्यहाँको प्रेस काउन्सिलले आफ्नो बोर्ड सदस्यबाट हटाएको हो !

उनले लगातार तीनवटा बैठकमा भाग नलिई काउन्सिलको काम र ऐनप्रति गैरजिम्मेवारी देखाउँदाको पुरस्कार यो रूपमा पाएका हुन् ! प्रेस काउन्सिलद्वारा गरिएको निर्णयबमोजिम पदच्युत हुने अन्य सदस्यमा बार काउन्सिलका तर्फबाट प्रतिनिधित्व गर्ने त्यसका अध्यक्ष मननकुमार मिश्र, सत्तारुढ भाजपाकै अर्का सांसद प्रताप सिंह, क्षेत्रीय दल अन्ना द्रविडबाट लोकसभा सदस्य बैंकटेश बाबु पनि छन् ! राज्यसभा सदस्य माननीय विनयले म भारतीय सांस्कृतिक परिषद् र पार्टीको काममा बढी व्यस्त रहनुपरेकाले प्रेस काउन्सिल बैठकमा आउन नभ्याएको कारण जनाउँदै आत्मालोचनासहित चौथो बैठकमा सामेल हुन आए पनि बहुमत सदस्यले तपाईंको जरुरत यताभन्दा उतै ज्यादा देखिएको हुँदा यताबाट बिदा गर्नु नै उचित हुने ठहर सुनाएको बताइन्छ ! भारत कतिपय सन्दर्भमा नियम कानुनको कार्यान्वयनप्रति कठोर मानिन्छ !

टिप्पणीहरू