खेलाँचीमै प्यारो ज्यान खत्तम
कोही मान्छे एक्कासी भित्र छिरी ठुल्ठूलो आकारको डल्लो चिज लगेर काउन्टरमा राख्छ र ‘बम ! बम !’ भन्दै भाग्छ । तर, पत्याओस् कसले ?
कहिलेकाँही मान्छेको काल कसरी टर्छ भने, सोच्न पनि नसकिने ।
शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम राखिएको प्रसंग हो यो । घटनापछि एनसेलको सिसिटिभी फुटेज अध्ययनका क्रममा त्यस्तो दृश्य देखिएपछि प्रहरीले एकजना गार्डसँग सोधपुछ गरेको थियो । ती गार्डले भनेका छन्, ‘त्यो बमसम केही हैन भनेर मैले नै लात्ताले हानेर फ्याँकेको ।’ अपरिचित व्यक्ति सरासर काउन्टरतिर आउँदा उनले छेक्न खोज्दै थिए । तर, मोटरसाइकलबाट ओर्लिएर रोक्न खोज्दा पनि नरोकिई काउन्टरतिर हान्निए । ‘मैले मुड्की उज्याएँ, तर उल्टै मलाई पो आँखा त¥यो..’, ती गार्डले प्रहरीलाई सुनाएका छन् । ‘अनि, हिँड्ने बेलामा बम–बम भन्छ, हल्ला गर्छ । मलाई पत्यारै लागेन । लात्ताले हानेर फयाँकिदिएँ’, उनले भने ।
बमको छर्रा लागेर ज्यान गुमाएका सिंहप्रसाद गुरुङले उक्त बम बिष्फोट हुनु केही बेरअघि फेरि त्यसलाई एक लात्ती हाने । उनी सिंगापुर प्रहरीमा काम गरेका, हिम्मतिला व्यक्ति । लात्तीले हानेपछि एनसेलका गार्डलाई ‘देख्नुभो त दाइ † यो बम होइन नि †’ भन्दै सिंहप्रसाद छेउतिर लागिसकेका थिए, तर बम एकैछिनमा बिष्फोट भयो । त्यसबेला गार्ड अफिसभित्रै थिए । बम उनैले फालेर गेटभन्दा केही पर थियो । उनले देखे, बमको धमाकाले तीनजना मान्छे चराझैँ उडेको ।
टिप्पणीहरू