‘बालेनका बेथिति कति कति,कसले दिने स्वीकृति ?’ समाचारमा भूपदेवको पत्र

‘बालेनका बेथिति कति कति,कसले दिने स्वीकृति ?’ समाचारमा भूपदेवको पत्र

‘जनआस्था डट कम’ मा गत मंसिर १२ गते प्रकाशित ‘बालेनका बेथिति कति कति,कसले दिने स्वीकृति ?’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको तर्फबाट खण्डन पठाइएको छ । समाचारबाट महानगरपालिकाको सार्वजनिक छविमा असर पुगेकाले गम्भीर ध्यानाकर्षण भएको प्राप्त खण्डनमा उल्लेख छ । 

ठमाडौं महानगरपालिकाले आफ्ना कामकारबाही १६ वटा विभाग, सम्बन्धित ऐन,नियम,विनियम, कार्यविधि,मापदण्डको परिधिभित्र रहेर स्वीकृत वार्षिक बजेट,नीति तथा कार्यक्रमका आधारमा हुने गरेको बताएको छ । थप जानकारीका लागि प्रवक्ता, सहायक प्रवक्ता, सूचना अधिकारीलगायत संस्थागत अधिकारीको प्रबन्ध गरिएको जनाउँदै आन्तरिक नियन्त्रण प्रणाली संस्थागत गर्दै लगिएको पत्रमा उल्लेख छ ।

काठमाडौँ महानगरपालिका, नेपालको संविधान २०७२ ले प्रदान गरेको एकल अधिकार र साझा अधिकार प्रयोग गर्ने संघीय राजधानी सहरको व्यवस्थापनमा काम गर्ने स्थानीय सरकार हो भन्दै लेखिएको छ, ‘सविधान, संघीय ऐन, प्रदेश सरकारले जारी गरेका ऐन र महानगरपालिकाले आफैँले जारी गरेका ऐन, कार्यपालिकाबाट जारी नियमावली, कार्यविधि र मापदण्डले निर्दिष्ट गरेका विधि, प्रक्रिया अबलम्बन गरेर, सार्वजनिक कोषमा संकलित रकमलाई करदाताप्रति उत्तरदायी भएर महानगरपालिकाले विकास निर्माण, सेवा प्रवाह र सुविधा वितरणका काम गर्छ ।’

मेयर साहका स्वकीय सचि भूवदेव साहले पठाएको पत्रमा सार्वजनिक कोषमा भएको रकम प्रचलित विधि र पद्धतिबाट खर्च हुने गरेको दावी गरिएको छ । लेखिएको छ, ‘समाचारको शीर्षक हेर्दा संस्थागत सुधारका लागि निगरानी गर्नुभन्दा व्यक्तिगत मर्यादामा क्षति पुर्याउने विषय लक्षित देखिन्छ । समाचारमा यकिन हुने शब्दभन्दा अनुमानमा प्रयोग हुने शब्द धेरै छन् ।’

याे पनि...

बालेनका बेथिति कति कति, कसले दिने स्वीकृति ?

टिप्पणीहरू