महानगर घेर्ने तयारीमा कवाड व्यवसायी
काठमाडौँ महानगरविरुद्ध लामो समयदेखि संघर्षरत कवाड व्यवसायीहरु पुन: सडकमा ओर्लिने भएका छन् ।
कवाड व्यवसायी संघर्ष समितिले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसअन्तर्गत पुस १४ गते महानगर कार्यालय घेराउ गर्ने जनाइएको छ ।
मेयर बालेन साहले व्यवसायीमाथि दमन गर्दै तानाशाही प्रवृत्ति देखाएकाले पुन: आन्दोलनमा उत्रिन लागेको संघर्ष समितिका संयोजक राम केवल गुप्ताले बताए । महानगर प्रहरीले फूटपाथमा व्यापारी र कवाड व्यवसायीलाई लखेटेर आतंक मच्चाएको, अनावश्यक दु:ख दिएको, कुटपिट गरेको उनको गुनासो छ ।
कवाड व्यवसाय हटाउने मेयर बालेनको निर्णयविरुद्ध व्यवसायीहरुले यसअघि पनि महानगर घेराउ गर्नुका साथै काठमाडौँका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका थिए । पछिल्लो समय शान्त रहेका उनीहरु पुन: आन्दोलनमा उत्रन लागेका हुन् ।
टिप्पणीहरू