​टाउको फुटाउने, पैसो उठाउने

गत वर्षको तुलनामा कर राजश्वको हिसाब गर्दा अहिले ३० प्रतिशतले बृद्धि भएको छ । राजश्व सचिवमा उपराष्ट्रपति कार्यालयबाट लालशंकर घिमिरे गएका छन् । उनी मन्त्रालयमा बहालीलगत्तै अनुगमनका लागि नयाँ तरिका अपनाइएको छ ।

कर्मचारीलाई दिइएको पत्रमै ‘राजश्व सचिवज्यूको निदेशानुसार’ लेख्ने गरिएको छ । त्यसरी खटिएका कर्मचारीले कुनै पनि बेला ठूला व्यापारिक गृह, थोक पसल र शहरका मुख्यमुख्य व्यापारिक स्थलमा छान मार्न थालेपछि व्यापारी त्राही–त्राही छन् । खटिने कर्मचारी पनि उत्तिकै त्रस्त । दिउँसो ३ बजे खटिएको कर्मचारीले ५ बजेभित्र काम सिध्याएर विवरण पनि पेश गर्नुपर्ने †  यसरी राजश्व त बढी उठेकै छ । तर, विकास खर्चमा भने कमी आएको छ । त्यसले गर्दा असन्तुलित हुन जान्छ । मेलम्ची खानेपानी आयोजना, सिक्टा सिँचाइ आयोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता राष्ट्रिय प्राथमिकताका आयोजनाहरू सम्पन्न गर्नेतिर सुरसारै देखिन्न । त्यसमाथि काम गर्ने क्रममा अख्तियारबाट आइलाग्ने झमेला अर्कै छ । 

त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको अध्यक्षमा हालै पूर्वसचिव बालानन्द पौडेल संसदीय सुनुवाईबाट स्वीकृति पाई नियुक्तिपत्र बुझ्ने प्रक्रियामा छन् । त्यसले अब प्रदेशहरूलाई पैसा बाँड्नुपर्ने छ । उसका लागि पनि पैसा छुट्टयाइदिनुपर्ने छ । त्यो पैसा कहाँबाट ल्याउने ? तिनै करदाताबाट † अनि, बलिदान हुने पालो परेको छ करदाता, अर्थात् व्यापारी र सर्वसाधारणको ।

टिप्पणीहरू