पैसो झ¥यो, डन म¥यो, खर्बपतिले गर्नु ग¥यो
गुण्डा नाइकेको भर परेर धन कमाउने सपना त जसोतसो पूरा होला तर डन मारिएपछि सम्पत्तिको किचलोका करण केही न केही नवधनाढ्यले मरेतुल्य हुने दिन आउँदै छ ।
प्रहरी इन्काउण्टरमा मारिएका कुमार घैँटे र दिनेश अधिकारी (चरी) का सम्पत्ति उनीहरू बाँच्दाभन्दा मरेपछि घाँडो बनेको छ, तिनका पार्टनरको निम्ति । यसैमध्येको एउटा प्रसंग हो, काठमाडौंसँगै जोडिएको धादिङको । भारतीय नकाबन्दीलगत्तै नेपाल आयल निगमले सातै प्रदेशमा इन्धन भण्डारण केन्द्र राख्ने तयारी थालेपछि ठूलै हल्लिखल्ली मच्चायो । त्यसमा अख्तियारसमेत लाग्यो । त्यहीमध्ये धादिङस्थित एउटा जग्गाको प्रसंग, जसमा ०७३ भदौ ३ गते सामाखुशी, कपुरधारामा प्रहरीसँगको दोहोरो झडपमा मारिएका गुण्डानाइके कुमार घैंटेको लगानी थियो । कथा लामो छ । कुमार घैंटेले नसकेर असनतिर घर भएका एमाले कार्यकर्ता शान्तराम डंगोल पनि यसमा प्रयोग भएका थिए । उनले लगानी गरेको अढाई करोड रूपैयाँको बैनासमेत फिर्ता नगरिकन चौधरी गु्रपले जग्गा किन्दा उनीहरू पनि मारमा परेका छन् । नौबिसे, खानीखोला पारी युनाइटेड सिमेन्ट छेउ एउटा बागबानी फार्म छ । राणाकालीन समयकै ठूलो आँपको बगैँचा भएको ठाउँ, जहाँ लिच्ची, कटहर प्रशस्त फल्छ । त्यससँगैको जग्गाको लफडा हो । उनीहरूले वाईवाई चाउचाउको फ्याक्ट्री चलाएको सैंबु, भैँसेपाटी क्षेत्रमा आवादी बढ्यो, जनताले धुँवा, धुलो खेप्नुप¥यो, त्यसलाई सार्नुप¥यो भन्दै त्यो जग्गामा आँखा लगाएका थिए । खास कुराचाहिँ थानकोटतिरको सुरुङमार्ग मुन्तिरबाट ३२ मिटर चौडाइको बाटो बन्ने, त्रिभुवन राजपथ, त्रिशूली (केरुङ, बेल्कोटगढी), सीतापाइला र नागढुंगा गरी चारवटा बाटो पनि त्यहीँ जोडिने गरी सरकारले काम थालेपछि व्यापारीहरू नौबिसेतिर लोभ्भिएका हुन् । तर, नाफाका लागि गरिएको लगानी डुब्ने खतरा छ । त्यो जग्गा सातदोबाटोस्थित केसिएम कलेजका संस्थापक विष्णु अधिकारीले किनेर राखेका थिए, ०६३ सालमा । कांग्रेसनिकट विष्णुले ग्याप नामक गैरसरकारी संस्थामार्फत मिनी अमेरिका बनाउने भनेर त्यसबेला रोपनीको ८४ हजारका दरले दुई सय १२ रोपनी जमिन ओगटेका थिए । ०६६ सालमा प्रतिरोपनी चार लाखका दरले दुई करोड बैना दियो, धरानतिरको एउटा ग्याङले । तर, काम अगाडि बढ्न नपाउँदै धरानेहरू आपसमै भाँडिए । उनीहरूले स्थानीय बासिन्दासँगको लफडा मिलाउन सकिरहेका थिएनन् । यहीबीच गुण्डा भेला पारेर तिरिमिरी खेलाउँछु भन्दै चरीको साथ लिएर घैंटे अघि सरे । उनले डेढ करोडमा कुरा छिने । तर, केही गर्न सकेनन् । जग्गाको बीचमा गोरेटो बाटो छ । त्यहाँ राईहरूको दुई सय घरधुरी छ । राणाकालदेखिका कुरुवा मुकुन्द राईले ओम रानासँग बाझ्दा ६ रोपनी जमिन पाए । त्यसबाहेकका राईहरू असन्तुष्ट हुने नै भए । घैंटेले नसकेपछि असनका शान्तराम डंगोलको प्रवेश भयो । घैंटेले रोपनीको १२ लाखका दरले डिल गरे । अहिले सबैको रुवाबासी गराउँदै चौधरीलाई प्रतिरोपनी १९ लाख ५० हजारका दरले त्यही जग्गा भिडाइएको छ । लिखतमा जग्गाको मूल्य १३ लाख ५० हजार देखिन्छ । तर, कर बढी तिर्नुपर्ने कारण कागजमा एउटा, मौखिक सहमतिमा अर्को मूल्य कायम गरिएको हो । चौधरी ग्रुपले ४३ करोडमा सिजी फुड्स इण्डष्ट्रिजका नाममा सो जमिन खरिद गरेको बताइन्छ । तर, कागजी मूल्य २० करोड मात्रै देखाइएको छ । उक्त जमिन भएको ठाउँ धार्के–सीतापाइला राजमार्गबाट ६ सय मीटरको दूरीमा छ । धार्केनजिकैको बाहुनडाँडामा आकर्षक रेशमखेती चलेको छ । डाँडै तिनले हात पारेका हुन्
भित्री कुराचाहिँ, आयल निगमलाई महंगो दरमा जग्गा भिडाउनु हो । तर, त्यहाँ धुनिबेँसी नगरपालिकाले आफ्नो भवन बनाउने, टाउनप्लानिङ गर्नेजस्ता योजना भएको भन्दै चौधरीसँग सात रोपनी जग्गा मागिरहेको छ । चौधरीहरू दिन आनाकानी गर्दैछन् । अहिले नगरपालिका र चौधरीग्रुपबीच लफडा चलिरहेको छ । एकातिर मोहीहरू फायर, अर्कातिर पहिला–पहिला पैसा लगानी गरेर फसेकाहरू उत्तिकै आगो । दुई सय १२ रोपनीबाहेक ८४ रोपनी जग्गा ग्यापका नाममा छ । अरु–अरु १४–१५ रोपनी मोहीहरूको नाममा छ । निरञ्जन राई नामक अर्का व्यक्तिको त्यही जग्गामा एक करोड ४० लाख रूपैयाँ डुबेको छ ।
नेपाल आयल निगमलाई तीन सय एक रोपनी जमिन दिने गरी बाहुनडाँडा नै किन्ने योजना हो । बूढानिलकण्ठमा पनि चौधरी ग्रुपले १५ रोपनी जग्गा २५ करोडमा खरिद गरेको बताइन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंहको जग्गा, तर उनको नाम नदेखिने गरी अरुकै नाममा रजिष्ट्रेसन रहेको गाइँगुइँ छ ।
त्यस्तै, घैंटेले रामेछापमा उनै विष्णु अधिकारीले परियोजना सञ्चालन गरिरहेको एक हाइड्रोपावरमा पनि लगानी गरेका रहेछन् । यही जग्गा, जमिन झुक्याएर बेच्ने प्रकरणमा पक्राउ परेका सागर थापा नामक व्यक्ति १७ नं. महलको सुविधाअन्तर्गत साढे ३ करोड धरौटी बुझाएर नख्खु जेलबाट छुट्दै छन् ।
टिप्पणीहरू