​गल्ती एक, सास्ती अनेक

जमिन हैन, आकाशको मामिला । सानोभन्दा सानो त्रुटि भयो भने राष्ट्रलाई अपुरणीय क्षति † त्यसमाथि देशका कार्यकारी प्रमुख प्रधानमन्त्रीसँग जोडिएको सवाल !

फागुन २१ गते बुधबार झापाको (शान्तिनगर), सुखानीबाट शहीदहरूको स्मृतिमा आयोजित कार्यक्रम सकेर फर्किंदा सरकार प्रमुख नै चकित खाने गरी यस्तो घटना भएको हो । यसनिम्ति अहिले त्यसदिन ड्युटीमा रहेका टावरका हाकिम, हवाई विभागका महानिर्देशक सञ्जिव गौतमलगायतले बालुवाटार पुगेर बयान दिनुपरेको छ । गल्तीको शुरुवात भयो, ताप्लेजुङमा दुई साताअघि दिवंगत आङछिरिङ शेर्पाको यति एयरलाइन्सका फ्लाइट डिस्प्याचरबाट । उनले त्यसदिनको फ्लाइट प्लान गर्दा भिभिआइपी, अर्थात् प्रधानमन्त्री उड्ने कुरा उल्लेख गरेनन् । एयर ट्राफिक कन्ट्रोलरले भिभिआइपीहरूको उडानसम्बन्धी खबर पायो भने मौसमको स्थिति बुझेर समयमै सुरक्षित हिसाबले जहाज उडाउने, उतार्ने व्यवस्था मिलाउँछ । तर, टावरले त्यो सूचना नै पाएन । फ्लाइट डिस्प्याचरले बिर्सिए, झुक्किए वा गल्ती नै गरेछन् भने पनि पाइलटले ककपिटको सेटबाट भन्नुपथ्र्यो, ‘भिआइपी अन बोर्ड’ भनेर ! त्यस्तो पनि गरिएन । त्यसदिन मौसम खराब थियो, काठमाडौं एयरपोर्टमा ट्राफिक जाम पनि । यतिसँगै श्री एयरलाइन्सको अर्को जहाज पनि अवतरणको तयारीमा थियो । साँझ साढे पाँच बजे ।

त्यही बेला कतार एयरवेजको जहाज उड्नका लागि रनवेमा थियो । रनवेचाहिँ गुह्येश्वरीतिर, टु–जेरोको प्रयोग भइरहेको थियो । टावरले यतिलाई पनि त्यही बाटो प्रयोग गर्न भन्यो । तर, पाइलटले जेरो–टु, अर्थात् कोटेश्वरतर्फको धावनमार्ग प्रयोग गर्न खोजे । ‘त्यसो गर्ने भए होल्ड गर्नुस्’ भनेर खबर पठाएपछि बल्ल पाइलट आकाशबाट कराए, ‘भिभिआइपी अन बोर्ड’ भनेर ! अब प¥यो आपत ! यही कुरा अलिक अगाडि भनिदिएको भए टावरले कतार एयरवेजलाई रनवे छिर्न दिँदैनथ्यो, प्रधानमन्त्रीलाई प्राथमिकता दिन्थ्यो । जब ठूलो विदेशी जहाज रनवेमा छि¥यो, स्वदेशी जहाजलाई अर्को दिशाबाट ल्याण्ड गर्न भनियो, यसपछि मात्रै ‘मेरो जहाजमा प्रधानमन्त्री हुनुहुन्छ’ भनेर पाइलटले हल्ला गरे । ओर्लिन दिऊँ, जहाज ठोक्किने निश्चित छ, नदिऊँ भिआइपीको सवारी † तनावकै बीचमा कतार एयरवेजका पाइलटले हावाको चाप बढी भएको भन्दै एकछिन अप्रोनमा फर्केर बस्ने जानकारी दिए । उसलाई अप्रोन, अर्थात् ट्याक्सी बे २ मा छिर्दासम्म चार–पाँच मीनेट लाग्यो । यसले गर्दा प्रधानमन्त्रीले १२ मिनेटसम्म आकाशमै अल्मलिनुप¥यो । कतार ट्याक्सी बेमा छिरेपछि हत्तपत्त यतिलाई त उतारियो, तर प्रधानमन्त्री उत्रिएसँगै शुरु भयो, हाकिमहरूको हस्याङफस्याङ । 

टिप्पणीहरू