त्यसपछि अनेक कुरा तन्कँदै
भारतीय खुफिया संयन्त्र ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल आएर हाम्रा तीनैजना पूर्वप्रधानमन्त्री र ठूला दलका अध्यक्षलाई भेटेको कुरा महŒवपूर्ण हुँदैन । गज्जबको हिसावकिताव त के गर्न थालिन्छ भने, अब नेपालमा होला के ?
निश्चितै हो कि, सामन्त आएपछि प्रो–इण्डियन भनी चिनिएकाहरु हौसिएका छन् । सात महिनादेखि भारत हाम्रो मामिलामा एजेण्डाविहीन अवस्थामा थियो । उताको आमचुनावको मुखमा ‘रअ’ नेपालतिर कम ध्यान दिएर आफ्नै रणनीतिअनुरुप काम गर्दै थियो । त्यसकारण सुक्ष्मतहमा यता कुनै चलखेल गरेन । अब भने आफ्नो एजेण्डा सेट गरेर जाने अवस्था आएको छ । नेकपाभित्रको अन्तर्विरोध राम्रोसँग सेटल नभएसम्म दीर्घकालीन एक्सनमा ऊ जान सक्दैन । किनभने, सरकार बलियो छ । त्यसकारण यसलाई चलाउने वा ढाल्नेतिर तत्काल जाने सम्भावना हुँदैन ।
यदि त्यसो ग¥यो भने उसैका लागि प्रत्युत्पादक हुन्छ । कमजोर नेकपा भने उसको प्राथमिकता हो । नेकपाभित्र अन्तर्विरोध रहिरहोस्, त्यसो भयो भने यही सरकारसँग पनि उसले धेरै अपेक्षा राख्न सक्छ । शनिबार भारतीय जनता पार्टी (बिजेपी) का महŒवपूर्ण नेता सुव्रमण्यम स्वामीको नेपाल भ्रमण हुनु, त्यसै दिन प्रधानमन्त्रीलाई भेट्नु । उनको भ्रमणअघि भाजपाको मातृनिकाय राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा सक्रिय महेश जोशीको नेपाल आगमन हुनु, उनले पनि प्रधानमन्त्रीलाई भेट्नुजस्ता घटना भएका छन् । भारतीय राजदूत मञ्जिव सिंह पुरी लोप्रोफाइलमा रहेर सेकेण्ड म्यान (जो आरएसएसकै कार्ड होल्डर मानिन्छन्) अजितकुमार आन्तरिक राजनीतिक मामिलाहरुमा सक्रिय हुनुले यही देखाउँछ कि भर्खरै सम्पन्न चुनावमा राम्रो नतिजा आएपछि अब भारत छिमेकीहरुमा समेत फेरि केन्द्रित हुन थालेको छ ।
को हुन्, महेश जोशी ?
पञ्चायतकालमा पशुपतिका एकजना मूलभट्ट थिए, उनकै नेपालमा जन्मिएका छोरा हुन्, महेश । प्रारम्भिक शिक्षा भारतीय दूतावासअन्तर्गतको केन्द्रीय विद्यालयमा हासिल गरे । नेपाली राम्रैसँग बोल्छन् । मुम्बईको राजनीतिक सर्कलमा गिनेचुनेका मानिस हुन् । सुब्रमण्यम स्वामीसँग नजिक रहेर आरएसएसमा काम गर्छन् । उनकै भ्रमण व्यवस्थापन गर्न आएका हुन् ।
नेपालको सन्दर्भमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) धार्मिक हिसाबले भाजपाको माष्टर माइण्ड हो, सल्लाहकार हो । नेपालको भौगोलिक विविधता, स्रोत र साधनसँग सरोकार छैन । उसको मूल एजेण्डा हो, राष्ट्रिय सुरक्षा र हिन्दूत्व । ती कुरामा चलखेल गर्न सक्यो भने भारतीय राजनीतिमा उसको श्रेष्ठता बढ्छ । नेपालमा क्रिश्चियानिटी बढेको छ । होली वाइनजस्ता प्रकरण चित्त बुझेको छैन । गुजरातमा क्रिश्चियानिटी बढ्दा धार्मिक दंगा भएको धेरै पुरानो कुरा हैन । मुस्लिम गतिविधि पनि मन परेको छैन । बुद्धका मूर्तिमाथि आक्रमण नै हुन थालिसक्यो । त्यसकारण आरएसएस नेपालमा हिन्दूत्वको पक्षमा छ । त्यसका लागि हिन्दूवादी संघसंस्थासँग सामीप्यता बढेको छ । नेपाल सरकार नचिढियोस् भन्नेमा पनि सतर्क देखिन्छ । यसर्थ ‘रअ’ प्रमुख सामन्तको भ्रमणका दौरान मधेसी नेतासँग भेटघाट राखिएन । नेपालबारे बीचमा सोधखोज गर्न छाडेका भारतीय एजेन्सीका जिम्मेवार पदाधिकारीहरु अब फेरि तात्न थालेका छन् । एउटा कुरा सत्य हो, नेपालमा हिन्दूत्व बढ्नु भनेको राजसंस्था वा राजतन्त्र व्युँतिनु होइन । त्यतातिर अलिकति पनि हात हालेको थाहा पाए भने दलहरु बिच्किन्छन् भन्ने उनीहरुलाई राम्रै हेक्का छ ।
टिप्पणीहरू