सिडिओको सरुवाले सनसनी
बझाङका सिडिओे सुरेश सुनारको सरुवाको विषयलाई लिएर सांसदबीच फाटो बढेको छ ।
जथाभावी चलेका डोजर नियमन गर्न सिडिओे सुनारले एक्सन लिन थालेपछि सांसद भैरवबहादुर सिंहले सरुवाका लागि गृह मन्त्रालयमा लबिङ थालेका थिए । उनले डोजर मालिकसमेत रहेका स्थानीय तहका अध्यक्ष तथा वडा अध्यक्षलाई समेत काठमाडौं बोलाएर दैनिकजसो गृह मन्त्रालयमा डेलिगेसन जाने गरेको विषय मिडियामा आएपछि सिंह अर्की सांसद आशाकुमारी बिकस“ग रिसाएका हुन् ।
‘सांसदहरू डेलिगेसनमा गएको सूचना मिडियालाई दिएर जनप्रतिनिधिको बेइज्जत गर्ने, सिडिओेलाई जनप्रतिनिधिभन्दा माथि देखाएर आफ्नै तेजोबध गर्ने ?’ भन्दै उनले बिकस“ग सिंहदरबारस्थित संसदीय दलको क्यान्टिनमा विवाद गरेको बताइन्छ ।
सांसद बिक गृहजिल्ला आएका बेला सरुवा भएका सिडिओेलाई स्थानीयले बाजागाजासहित बिदाइ गरेपछि सिंह झन् रुष्ट भएका छन् । उनले आफूनिकटस“ग आशा दलित भएका कारण सोही समुदायको सिडिओलाई साथ दिएर आफूलाई खुइल्याउन खोजेको भन्दै खोइरो खन्न थालेका छन् । निरन्तरको दबाब खेप्न नसकेपछि गृहले सुनारको सरुवा मोरङमा गरेको छ ।
०७५ फागुन १७ गते आएका सुनारले ०७६ जेठबाट डोजर नियमनको प्रयास गरेका थिए । निर्माण गर्नु पूर्व सम्भाव्यता अध्ययन, डिजाइन इस्टमेट नगरिएका, वातावरणीय प्रभाव अध्ययन नगरी हचुवाको भरमा काम थालिएका सडकमा लगाइएका सबै डोजर तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालयले बझाङका सबै स्थानीय तहलाई पत्राचार गरेको थियो । बिनाकुनै सर्भे डिजाइन जथाभावी डोजर चलाएर बनाइएका सडकको कारण जिल्लाका थुप्रै गाउँ“ जोखिममा परेको, धेरै मानिसको जिउधनको जोखिम बढेको र महिनैपिच्छे सडक दुर्घटना हुन थालेको थियो ।
नेपाल सरकारले ०७५ फागुन १ गतेबाट लागू हुनेगरी एक करोडभन्दा कम रकमका योजनामा डोजर प्रयोग नगर्न दिएको निर्देशनसमेत अवज्ञा गरिएको थियो ।
पा“च महिनामै चैनपुर–ताक्लाकोट सडक आयोजना, विमानस्थलको कालोपत्रे निर्माण तथा विभिन्न सडक, पुललगायत आयोजनाको काम तीव्रस्तरमा गर्न ठेकेदारलाई दबाब दिएका कारण केही निर्माण व्यवसायी पनि सिडिओस“ग चिढिएका थिए । उनले विकट गाउँ“मा घुम्ती शिविर सञ्चालन गरेर करिब २ हजार ९ सयलाई घरमै नागरिकता पु¥याइदिएका थिए ।
आइतबार थारू समुदायको अठवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि जिल्ला प्रशासन कार्यालयमा भने सिडिओलाई बिदाइ गर्न स्थानीयको घुइँचो लागेको थियो ।
‘आफूले राम्रो गर्न सकेनन्, राम्रो गरिरहेका सिडिओलाई पनि टिक्न दिएनन्’, बिदाइ समारोहमा आएकी जयपृथ्वी नगरपालिकाकी कालीदेवी सार्कीले भनिन्, ‘यस्ता नेतालाई भोट दिएर गल्ती गरिएछ ।’ उनले सिडिओले घरघरमा गएर आफूहरूजस्ता एकल महिला र वृद्धलाई नागरिकता दिएको कहिल्यै नबिर्सने बताइन् ।
छविसपाथीभेरा गाउँ“पालिका–६ का वडाध्यक्ष मोहनलाल विकले भने, ‘यहा“ गरिब, दुःखी जनताका लागि भन्दा पनि नेताका लागि काम गर्ने कर्मचारी टिक्दा रहेछन् । यस्तो पाराले जिल्लाको विकास कसरी होला ?’
३० वर्षीय सुनार नेपालकै कान्छो सिडिओ हुन् । उनको सरुवाको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक विरोध भइरहेको छ ।
टिप्पणीहरू