​चीनबाट आइपुगे तीस ट्रक कोशेली

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल आगमनको पूर्वसन्ध्यामा उत्तरी सहयोग नेपाल भित्रिएको छ । अक्टुबर १५ तारिखको भारत भ्रमणपछि घर फर्किने क्रममा नेपाल पस्नुपूर्व १५० मिलियन चिनियाँ मुद्रा (आरएमबी) अर्थात् २३ करोड ९५ लाख ५० हजार बराबरको सैन्य सहयोग नेपाल आइपुगेको हो । 

चीनका १४ सीमावर्ती राष्ट्रमध्ये सिले ६ वर्षे कार्यकालबीच भ्रमण गर्न बाँकी देश नेपाल र म्यान्मारमात्र हुन् । म्यान्मार, जहाँ रोहिंग्या समुदायको समस्या छ र उनीहरू शरणार्थीका रुपमा विभिन्न देशमा छन् । त्यसमाथि त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई पश्चिमा मुलुकको समर्थन छ । यस्तो स्थितिमा विवादमा नपर्ने नीतिका कारण सि त्यता गएका छैनन् । तर, पहिला बंगलादेशबाट भारतीय पर्यटकीय शहर गोवा गएका उनी नेपाल नटेकी फर्किएकोमा यसचोटी त्यसको क्षतिपूर्ति तिर्ने तयारी भएको बुझिन्छ । 

राष्ट्रपतिको भ्रमणपूर्व चीनले ठूलो मात्रामा सैनिक सहयोग नेपाल पठाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले गत असार १ देखि ७ गतेसम्म गरेको भ्रमणको सम्झौताबमोजिम सहायता सामग्री आएको हो । केरुङ हुँदै आएका सामग्रीहरू ३० ट्रक थिए । ती सामान काठमाडौंबाट केरुङ पुगेका नेपाली सेनाका ट्रकमा लोड गरिएकोमा १४ गते, शनिबार साँझ नागढुंगाबाट राजधानी भित्रिएका छन् । त्यसमा विपद् व्यवस्थापनसम्बन्धी सामान रहेको बताइन्छ ।

यसबाट बुझिन्छ– चीन नेपालसँगको सैन्य कूटनीतिलाई सुदृढ बनाउन चाहन्छ । राष्ट्रकै कूटनीतिअन्तर्गतको सैन्य कूटनीति एक महŒवपूर्ण अध्याय हो । 

उता, पूर्व माओवादी कित्ताबाट महावीर रेञ्जर गण खारेजीको मागसमेत उठ्न थालेको छ । विशेष प्रकारको सैन्यज्ञान, विशेषखालका हतियार चलाउने यस्ता युनिट प्रत्येक देशको सैनिक संरचनाभित्र हुने गर्छन् । केही समयअघि गुल्मीको पहिरो प्रभावित क्षेत्र भ्रमण गर्न जानुभएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगैका मानिसलाई खोँचबाट निकालेर ल्याउने यही गण थियो, जसलाई कमाण्डोभन्दा पनि माथिल्लो स्तरको मानिन्छ । अहिले महासेनानी युधिरमान बस्नेतले नेतृत्व गरिरहेको यसले गणबाट निर्देशनालयको स्तरोन्नति पाएको छ । सशस्त्र द्वन्द्वकालमा रेञ्जर्स आयो भनेपछि लडाकुहरूको भागाभाग हुन्थ्यो ।

किनभने, योसँग ५.५६ एमएमको प्लाष्टिक गोली लाग्ने एम १६ हतियार थियो । यसलाई आन्तरिक विद्रोहमात्र हैन, वाह्य हस्तक्षेप हुँदा पनि प्रतिरोधी दस्ताका रुपमा विकास गरिएको हुन्छ । इतिहास पनि छ इजरायलको जहाज एलअल प्यालेष्टिनीले अपहरण गरेर युगाण्डास्थित एन्तेबे एयरपोर्ट पु¥याइँदा पछि प्रधानमन्त्री बनेका बेञ्जामिन नेतान्याहुले मेजरको हैसियतमा उद्धार गरेका थिए । त्यो रेञ्जर्स गण थियो । भारतले पनि यही फोर्स प्रयोग गरेर विदेशी भूमिमा अपरेशन चलाउने गरेको छ ।

टिप्पणीहरू