​पैसा कति हो पत्याएको

विवादास्पदमात्रै होइन, कारोबारहरू डुबेका छन्, बन्द छन् । तर, अर्बौं–अर्बका काम पनि सँगै भइरहेका छन् । कहाँबाट आउँछ, यत्तिका पैसा ?
विवादास्पद व्यवसायी अजेयराज सुमार्गी अहिले यस्तै गतिविधिमा सक्रिय छन् । देखिने गरी आम्दानीका कुनै काम अगाडि बढेका छैनन् । भएका परियोजना सबै लथालिङ्ग । कुनै शुरु नभएको, कुनै लाइसेन्स नै खारेज गरिएका ।

तर, भटाभट कारोबार चल्दै छ, बैंकले पनि पत्याएको पत्यायै छ । सुन्धारास्थित चाइना टाउनसँगै सिटिसी मलपछाडि जेडी कम्प्लेक्स, त्यसको अगाडि ६ रोपनी जमिन एक अर्ब २५ करोडमा उनले इच्छाराज तामाङबाट खरिद गरेका छन् । त्यहाँ पहिला सिभिल होम्सले फाइभस्टार अपार्टमेण्ट बनाउन खोजेको थियो । तर, नपोसाउने भएपछि त्यो लथालिङ्ग हालतमा गयो । सहकारीले पनि बचत फिर्ता दिन नसकेपछि अहिले बजार भाउअनुसार तीन अर्ब पर्ने जग्गामा प्रभु, नेपाल बंगलादेश, एनआइसी एसिया बैंकसमेतको ऋणमा सुमार्गीले होटल बनाउने तयारी थालेका छन् । उनको कुनै पनि व्यवसाय अहिले सञ्चालनमा छैन ।

रसुवाको पानी हिमालय अन टप इआइए रिपोर्ट नआएको भनेर रोकिएको छ । मुुक्तिश्री सिमेन्टको काम थालिएकै छैन । हेलो मोबाइलको लाइसेन्स भर्खरै खारेज भयो । प्रिफ्याब घर बनाउने इन्को प्यानल भद्रगोल अवस्थामा छ । त्यसमाथि सैनिक मुख्यालय र तीनवटा कारागारमुखैको अग्लो भवनमा निजी होटल चलाउने कुरा सुरक्षाका दृष्टिले कति उपयुक्त होला ? 

टिप्पणीहरू