​‘पीएचडी’ बीचमै पदच्युत

सरकार आउनेबद्लिने, मान्छे हट्नेहटाउनेअन्तर्गतका कामहरु जारी छन् । नाम पनि कस्तो भने, ‘पिएचडी’, अर्थात् विद्यावारिधी सिग्देल । जसरी सेनाका जर्नेल थिए, बिएकुमार शर्मा । उनका बाबुले बिए पास गर्दा जन्मिएका कारण त्यस्तो नाम रहन गएजस्तो एकजना छन्, विद्यावारिधी सिग्देल । राष्ट्रिय बाणिज्य बैंकमा एनआइडिसी बैंक गाभिएपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सञ्चालक समिति सदस्यमा नियुक्त भएका कास्केली । अहिले सरकारले उनलाई दुई वर्षमै निकालेर त्यहाँ त्रिविसेवाबाट अवकाशप्राप्त प्राध्यापक डा.रामबहादुर पौडेललाई नियुक्त गरेको छ । उनी बाग्लुङका हुन् ।

अर्कातिर, चुनाव आएपछि चाहिने÷नचाहिने अनेकन शीर्षकमा करोडौं रकम खर्च गर्ने चलन नै छ । एक सांसदसहित विभिन्न स्थानीय तहको उपनिर्वाचन संघारमा आएको बेला मोबाइल, ल्यापटप, गाडीजस्ता शीर्षकमा रकम खर्चिने दाऊ निर्वाचन आयोगभित्र नचलेको होइन । तर, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आफैँ सक्रिय भएर खर्च नियन्त्रणमा लागिपरेका छन् । यसैअन्तर्गत आयोगका आयुक्तहरुले कार्यालय समयमा बसेको बैठकको भत्ता नलिनेजस्ता प्रस्तावित व्यवस्था सिफारिस गरेको बताइन्छ ।

टिप्पणीहरू