कस्तरी नाम काटेको

‘हतारको काम लतार–पतार’ भनेजस्तो बर्खास्तीदेखि नियुक्तिसम्म नेकपाभित्र अनक तरंग मच्चिँदैछ । पहिलो दिन प्रदेश प्रमुखहरू बर्खास्त भएको समाचार आयो । लगत्तै, प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग सल्लाह गर्नुभयो ।

भन्नुभयो, ‘मैले प्रदेश प्रमुखहरू हटाएँ, अब नयाँ नियुक्ति गर्नुपर्ने भयो ।’ यसअनुसार तुरुन्तै (साँझ) बालुवाटारमा प्रचण्ड, वामदेव, विष्णु पौडेलहरू जुट्नुभयो । वामदेवले भन्नुभयो, ‘दुई अध्यक्ष मिलेर गर्नुस् न त, ३÷४ को अनुपात मिलाउने त होला नि †’ त्यहीअनुसार तयारी अघि बढ्यो । भोलिपल्ट प्रदेश प्रमुख छान्नका लागि बैठक बस्यो । त्यसका लागि भीम रावलले दिउँसै भन्नुभएको थियो, ‘गोविन्द कलौनी पनि हुनुहुन्छ है, हाम्रो ।’ यसरी ‘हाम्रो’ भनेपछि माधव नेपाल पक्षधर भन्ने बुझियो र त्यसमै टिक्ने कुरा भयो । तर, त्यो त सुदूरपश्चिमको भन्ने संकेत रहेछ ।

पछि म्याग्दीकी श्रीमाया थकाली, सुर्खेतका बालाराम शर्मा, वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, पूर्वमन्त्री÷साहित्यकार प्रदीप नेपाल, पार्टी नेता अमृत बोहोरा, बेदुराम भुषाल, गुरु बराल, घनेन्द्र बस्नेतमध्येबाट चयन गरौँ भन्ने कुरा उठ्यो । तर, कुरामात्रै उठ्यो, सुनुवाई भएन । महिला, जनजाति र हिमाली जिल्लाको पनि हुने कारण श्रीमायाबारे जसरी पनि निर्णयमा पुगौँ भन्ने सबैजसोको मत थियो । प्रधानमन्त्री केही बोल्नुभएको थिएन । अब ‘श्रीमाया त होला नि’ भनेपछि प्रमले गर्नुभयो, ‘विष्णु प्रसाईंको नाम काटेर श्रीमायाको हुँदैन ।’ विष्णु झापाकै बासिन्दा । मेचीनगरको मेयरमा हारेपछि त्यतिबेलाका पार्टी जिल्ला अध्यक्ष रवीन कोइरालासँग ‘तँ–तँ र म–म’ मा उत्रिएर गरेको झगडाको चर्चा अझै चल्ने गरेको छ ।

टिप्पणीहरू