​त्यस्ता मुद्दा त कति कति

केही दिनअघि नेकपा अध्यक्ष प्रचण्डसँगको भेटमा प्रमले सभामुखमा सुवास नेम्वाङको नाम लिनुभयो । प्रचण्डले पात्रमै त आपत्ति जनाउनु भएन, तर आफ्ना बाध्यता पनि बुझिदिन भन्नुभयो । प्रमसँगको भेटपछि खुमलटार फर्किएर निकटका केही नेतालाई सुनाइएअनुसार सुवासको नाममा प्रचण्डले भन्नुभएको रहेछ, ‘हुन त हुन्थ्यो तर एकताको भावनालाई टिकाउनु छ । साथीहरुको मन पनि राख्नुपर्छ । राष्ट्रपति, पाँच वर्षे प्रधानमन्त्री, राष्ट्रियसभाको अध्यक्ष र प्रतिनिधिसभाको सभामुख पनि एकतिर पर्दा मलाई मुश्किल हुन्छ ।’

प्रचण्डको मुड बुझिसकेपछि प्रमले सोध्नुभयो, ‘को हो त तपाईंको मान्छे ?’ देव गुरुङको नाम आयो । तर, प्रधानमन्त्रीले बडी रियाक्सनबाटै नस्वीकारेजस्तो भएपछि प्रचण्ड चूप लाग्नुभयो । अनि, खुमलटारमा निकटस्थसँग भन्नुभयो, ‘अब अग्नि सापकोटालाई अगाडि सारौँ ।’ कसैले भन्यो, ‘बनाउन नपर्ने कुरा त छैन तर पहिला मन्त्री हुँदा उठेजस्तो फौजदारी मुद्दाको कुरा उछाल्ने होलान्…†’ अर्का नेता कराए, ‘अग्निले घरायसी झगडामा, कसैको बाली खाइदियो भनेर मान्छे मारेको हो र ? त्यस्ता मुद्दा त सबैमाथि छन् ।’

टिप्पणीहरू