​एनआईसी एशिया बैंक र VISA को सहकार्यमा १०% क्यासव्याक अफर

एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना समस्त डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकवर्गहरुलाई नयाँ बर्ष २०२० को अवसरमा ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म VISA कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १०% वा अधिकतम रु. १५००/– सम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।

उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम रु. ५००/– तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्ने र यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

टिप्पणीहरू