कर्णालीमा माओवादी केन्द्रले पूर्णता पायो

कर्णालीमा माओवादी केन्द्रले पूर्णता पायो

प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ । आज बसेको प्रदेश कमिटी बैठकले पदाधिकारी चयन गरेसँगै कमिटीले पूर्णता पाएको हो ।

प्रदेश समितिको दोस्रो बैठकबाट सर्वसम्मत पदाधिकारी चयन भएको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

विमला केसी यसअघि नै चयन भएकी थिइन् भने बाँकी पदाधिकारी टुंगिएको थिएन ।

आज चयन भएका पदाधिकारीमा उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान),ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) रहेका छन् ।

टिप्पणीहरू