तोकिएका कर्मचारीको मात्र तलब भत्ता दिन सकिने स्वास्थ्य मन्त्रालयको भनाइ

तोकिएका कर्मचारीको मात्र तलब भत्ता दिन सकिने स्वास्थ्य मन्त्रालयको भनाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने बताएको छ । मन्त्रालयले आज सात वटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलब भत्ता दिन नसकिने जानकारी गराएको हो ।

मन्त्रालयले दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ ।दोहोरो सहमतिअनुसार समायोजन मिलान भएका कर्मचारीलाई केही प्रदेश, स्थानीय तहहरूले दरबन्दी रिक्त नभएका कारण हाजिर गराउन नसकिने भनी फिर्तासमेत पठाएका छन् । केही प्रदेश, स्थानीय तहले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई थप तलब भत्ता माग गरेपछि मन्त्रालयले पछिल्लो निर्देशन दिएको हो ।

टिप्पणीहरू