रुकुम पूर्वमा नेता छान्न एमालेलाई अझै सकस

रुकुम पूर्वमा नेता छान्न एमालेलाई अझै सकस

नेकपा एमाले रुकुम पूर्वले अधिवेशन शुरु भएको तीन दिनसम्म पनि पदाधिकारी टुङ्गो लगाउन सकेको छैन ।

गत फागुन २७ गते रुकुमकोटमा आठौँ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । अधिवेशन उद्घाटन भएको तीन दिन हुँदा पनि अझै पदाधिकारीको टुङ्गो लाग्न नसकेको हो ।

उद्घाटनकै दिनबाट बन्द सत्र शुरु गरेको एमालेले अहिलेसम्म पदाधिकारीको टुङ्गो लगाउन नसकेको जिल्ला नेता लीलामणि गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार पदाधिकारीको केहि पदमा सहमति जुुटेपनि अझै केहि पदमा सहमति जुट्न सकेको छैन ।

सहमतिबाटै नयाँ जिल्ला कार्यसमिति चयनको लागि छलफल चलिरहेको गौतमले बताउनुभएको छ । सम्भवत: आजै रातिसम्म नेकपा एमालेको नयाँ जिल्ला कार्यसमिति चयन हुने बताईएको छ ।

टिप्पणीहरू