टिचिङ हस्पिटलभित्र मध्यरातमा ताल्चा लगाइयो

टिचिङ हस्पिटलभित्र मध्यरातमा ताल्चा लगाइयो

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गए राति महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल हाताभित्र रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान, डिनको कार्यालयमा ताल्चा लगाएको छ । नेविसंघको इकाइ समितिका सभापति डा. मिर्जा सिद्धिकीलगायतका विद्यार्थीले राति १० बजे ताल्चा लगाएका हुन् ।

उनीहरुले सहायक डिन नियुक्तीको विषयलाई लिएर डिनको कार्यालयमा ताल्चा लगाएको बताएका छन् । तर आज बिहान ९ बजे प्रहरीको रोहबरमा त्यहाँको प्रशासनले ताल्चा फुटाएपछि नेविसंघले विरोध गरेको छ ।

नेविसंघले बिना सहमति र जानकारी नदिई ताल्चा खोलिएको भन्दै विरोध जनाएको हो । विरोधस्वरुप संघले आज बिहान टिचिङ हस्पिटल हातामा प्रदर्शन समेत गरेका छन् ।

टिप्पणीहरू