सरकारको कारण महंगी बढेको संसदीय समितिका सभापतिको आरोप

सरकारको कारण महंगी बढेको संसदीय समितिका सभापतिको आरोप

संघीय संसद्को उद्योग समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बजार अनुगमनमा सरकारले ध्यान नदिएकाले महंगी बढेको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा बोल्दै उनले सरकारले बजार अनुगमन नगरेकै कारण मूल्य वृद्धि भएको बताएका हुन् ।

यस्तै दैनिक उपभोग्य वस्तुहरुको मूल्य वृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै उनले असन्तुष्टि जनाए । व्यापारीहरुले तेस्रो मुलुकबाट आयात गरेर ल्याएको खाने तेल पुनः प्याकिङ गरेर त्यतै पठाउँदा नेपालमा खाने तेलको अभाव भएको उनको दाबी छ । सरकारले त्यसबारे छानबिन गरेर यथार्थ कुरा बाहिर ल्याउन उनले आग्रह गरे ।

उनले सरोकारवाला निकायसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाहा गर्न पनि सरकारलाई निर्देशन दिएका छन् । सभापति श्रीवास्तवले भने, ‘विशेष गरेर मन्त्रीजी मार्फत् के भन्न चाहन्छु भने–केही दिन अगाडि सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै भन्सार शुल्क मिनाहा गर्ने काम सरकारले गर्नुपर्छ । ‘

सरकारले करोडौं घोटाला गर्नेलाई धरौटीमा छाड्ने गरेकाले मूल्यवृद्धि भएको उनको आरोप छ ।

टिप्पणीहरू