शिक्षा मन्त्रालयले संविधान मिच्यो : नेपाली काँग्रेस

शिक्षा मन्त्रालयले संविधान मिच्यो : नेपाली काँग्रेस

नेपाली काँग्रेसका नेता राधेश्याम अधिकारीले शिक्षा मन्त्रालय संविधान विपरितको बाटोमा गएको आरोप लगाएका छन् । आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उनले उक्त कुरा बताएका हुन् ।

शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुसँग भएको ५१ बुँदे सहमतिले संविधानलाई चुनौती दिएको उनको आरोप छ । ‘सरकारले अस्ति मात्रै शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिसँग ५१ बुँदे सहमति गरेको छ । त्यस किसिमको सहमतिले संविधानलाई नै च्यालेञ्ज गरेको छ । संविधानको बाटो एकातिर तर अर्को बाटोमा शिक्षा मन्त्रालय गएको छ’, नेता अधिकारीले भने ।

यस्तै आधारभूत शिक्षा र स्वास्थ्यको विकास नभइ मुलुकको उन्नती नहुने पनि उनले बताए । संघीय शिक्षा ऐनको विधेयक समितिमा ल्याउन प्रस्ताव गर्दै अधिकारीले विधेयक ल्याउँदा पाठ्यक्रमको एकरुपता, शिक्षकको योग्यता, शिक्षकको योग्यता प्रमाणित गर्ने निकाय, देशभर एकै किसिमको परीक्षण गर्ने विधि समावेश गर्न सरकारलाई सुझाव दिए ।

टिप्पणीहरू