माओवादीले दियो काठमाडौँ बोलाएर तालिम

माओवादीले दियो काठमाडौँ बोलाएर तालिम

स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा जुटेको नेकपा माओवादी केन्द्रले आज गैरभौगोलिक प्रदेशमा संगठित अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।

माओवादीले उपत्यका विशेष,सम्पर्क समन्वय विशेष र प्रवास समन्वय समितिका नेता-कार्यकर्ताहरूलाई आज संयुक्त प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रम दिउँसो १२ः३५ बजेबाट कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तालाई प्रशिक्षण दिनुहुनेछ ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देबेन्द्र पौडेल, सम्पर्क समन्वय विशेष प्रदेशका इन्चार्ज डिल्लीराम आचार्य र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठलगायत कार्यक्रममा सहभागी छन् ।

‘गाउँ नगर घर घर जाऔ, माओवादी केन्द्रलाई विजयी गरऔँ’ भन्ने नारासहित सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशमा प्रशिक्षण थालेको माओवादी केन्द्रले यसअघि बागमती, प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

टिप्पणीहरू