नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले चुनावमा होमिने निर्णय गर्यो

नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले चुनावमा होमिने निर्णय गर्यो

नेकपा एकीकृत समाजवादी ताप्लेजुङ जिल्ला कमिटीको पाँचौ बैठक हिजो साँझ सम्पन्न भएको छ । बैठक जिल्ला कमिटीे अध्यक्ष छिरिङ लामा, प्रमुख अतिथि पोलिटव्युरो सदस्य डा. देउमान सम्बाहाम्फे र विशेष अतिथि केन्द्रीय सदस्य गणेश काम्बाङ् तथा खेम वनेमको उपस्थितिमा भएको हो ।

प्रदेश सदस्य र जिल्ला कमिटीका सदस्यहरु उपस्थित रहेको बैठकमा पार्टीको जिल्ला कमिटी स्थापना भएको छ महिनाका उपलब्धिहरु प्रस्तुत गरिएको थियो । जसअनुसार अहिलेसम्म नौमध्ये छ वटा गाउँपालिका कमिटी, १५ वटा वडा कमिटीका साथै नौ वटा जनवर्गीय संगठन गठन भएको छ । आगामी चैत १५ गतेसम्म दुई वटा जनवर्गीय संगठन, तीन वटा गाउँपालिका कमिटी र पाँच वटा वडा कमिटी गठन गरिने प्रतिवेदन प्रस्तुत गरिएको बताइएको छ ।

बैठकमा हालसम्मका समस्या तथा आगामी रणनीति र कार्ययोजामाथि छलफल भएको जिल्ला कमिटी सचिव तथा प्रचार विभाग प्रमुख मोहन न्यौपानेले बताएका छन् ।

अब गठन गरिने गाउँपालिका कमिटीमा फक्ताङलुङ, पाथिभरा याङवरक र सिदिङवा रहेको पनि जानकारी दिएका छन् । ती पालिकाहरुमा तत्काल संगठन निर्माण गरेर पाटीको सिङ्गो शक्तिलाई चुनावी माहोलमा लगाइने, संगठन विस्तारका साथ चुनावी मैदानमा जाने पार्टीको लक्ष्य रहेको सचिव न्यौपानेले जानकारी दिए ।

टिप्पणीहरू