कागेश्वरीमा गर्यो नेकपा एकीकृत समाजवादीले कमिटी गठन

कागेश्वरीमा गर्यो नेकपा एकीकृत समाजवादीले कमिटी गठन

नेकपा एकीकृत समाजवादीले टोल कमिटी गठन गरेको छ । पार्टीले कागेश्वरी मनोहरी ९ मा दुई वटा टोल कमिटी गठन गरेको हो ।

नवगठित टोल कमिटी अध्यक्षमा सूर्यनाथ अधिकारीसहित २९ जनालाई मनोनित गरिएको काठमाडौं जिल्ला सचिवालय सदस्य सुशिला खतिवडाले बताइन् ।यस्तै आशापुरी टोल कमिटी अध्यक्षमा हरी बुढाथोकी चयन भएको उनले बताएकी छन् । उक्त सोही कमिटी २९ सदस्यीय छ ।

अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको अध्यक्षसमेत रहेकी सुशिलाले हिमालय गोधुली निलगिरी महिला संघको टोल कमिटी अध्यक्ष संगीता बुढाथोकी बनेको जानकारी दिइन् । यस्तै उक्त कमिटीमा पनि ३१ सदस्य छन् ।

टिप्पणीहरू