एमालेकोे पोलिटव्युरो बैठक भोलि, काँग्रेसको मुख्यालयमा नेविसंघको धर्ना

एमालेकोे पोलिटव्युरो बैठक भोलि, काँग्रेसको मुख्यालयमा नेविसंघको धर्ना

विपक्षी दल नेकपा एमालेले पार्टी पोलिटव्युरोको बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे कार्की ब्याँक्वेटमा बस्ने छ ।

उता सत्तारुढ नेपाली काँग्रेसको मुख्यालयमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघका केही नेता तथा कार्यकर्ताले धर्ना दिएका छन् । उनीहरु दिउँसो १ बजेदेखि धर्ना बसेका हुन् ।

पार्टी नेतृत्वले अनुचित र षड्यन्त्रपूर्ण ढंगबाट भ्रातृ संगठनमा सिण्डिकेट लागू गर्न खोजेको भन्दै उनीहरुले बिरोध जनाएका छन् ।

टिप्पणीहरू