प्रधानमन्त्रीलाई लेखिएको ज्ञापनपत्र सिडियोको हातमा

प्रधानमन्त्रीलाई लेखिएको ज्ञापनपत्र सिडियोको हातमा

एमाले निकट राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । युवासंघ गुल्मीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धि फिर्ता लिन भनेको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको भत्र्सना गरिएको छ । कोरोना महामारीका कारण थलिएका नागरिकलाई झनै पीडा हुने गरेर सरकारले पटक–पटक पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको युवा संघको आरोप छ ।

सरकार सत्ता टिकाउने र गठबन्धन कायम गरेर एमालेविरुद्ध भ्रम छर्न उद्धत रहेकाले जनतामा आशाभन्दा निराशा बढिरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै सिडिओ पौडेलले संघको पत्र तत्काल प्रधानमन्त्रीको कार्यालयमा पठाउने जानकारी दिए ।

टिप्पणीहरू