माइतीघर हाइटमा एमाले नेताहरुको बैठक

माइतीघर हाइटमा एमाले नेताहरुको बैठक

नेकपा एमालेको पोलिटव्युरो बैठक शुरु भएको छ । बैठक माइतीघर हाइटमा रहेको कार्की ब्याङ्क्वेटमा भइरहेको छ ।

बैठकमा समसामयिक राजनीतिका विश्लेषण, स्थानीय निर्वाचनको निम्ति पार्टी उम्मेदवार छनौटको मापदण्ड र पार्टीको घोषणापत्रलगायतका विषयमा छलफल गर्न लागिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेलको उपस्थिति छ ।

त्यसैगरी सचिव पद्यमा अर्याल, उपमहासचिव प्रदीप ज्ञवाली, डा. शिवमाया तुम्बाहाम्फे, विशाल भट्टराई, घनश्याम भुसाललगायतका सदस्य पनि बैठकमा सहभागी हुनुहुन्छ ।

अर्का उपाध्यक्ष विष्णु पौडेल भने आज बिहान चीन भ्रमणको लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

टिप्पणीहरू