लेटाङ आज पनि सुनसान

लेटाङ आज पनि सुनसान

गत आइतबार अराजक भीडले एक जना महिला प्रहरीको हत्या गरेपछि मोरङको लेटाङ क्षेत्रमा लगाइएको कर्फ्यु आज पनि जारी छ । कर्फ्यु हिजो बिहानदेखि लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङले शान्ति सुरक्षा कायम राख्न र थप जनधनको क्षति नहोस् भन्ने उद्देश्यले कर्फ्यु लगाइएको जनाएको छ ।

आइतबार दिनभर अशान्त बनेको उक्त क्षेत्र स्थानीय विद्यालयकी एउटी छात्रालाई शिक्षक मनोज पौडेलले शुक्रबारको होलीमा दुर्व्यवहार गरेको निहुँमा भड्केको थियो । स्थानीयले दिनभर नारावाजी र आगजनी गरेपछि साँझ प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या गरिएको थियो ।

टिप्पणीहरू