उडान रोक्न कडा उर्दी
खरिपाटीमा कोरोनासङ्ग जुध्न फेरि क्वारेन्टाइन खुल्ला स्वास्थ्य सजगता अभियानअन्तर्गत अन्तर्राष्ट्रिय उडान अवतरणमा प्रतिबन्धका वावजुद भारत र थाइल्यान्डबाट धमाधम यात्रु ओसार्न थालिएपछि कडा सूचना जारी गर्नुका अलावा त्यस्ता यात्रुलाई बिमानस्थलबाट सीधै भक्तपुरस्थित बिध्युत प्राधिकरण तालिम केन्द्र,खरिपाटीको एकान्त शिविरमा पठाउन थालिएको छ।
आज यसरी १४ दिने क्वारेन्टाइन पठाइनेमा ६२ जना छन् । अघिल्लो महिना उहानबाट फर्काइएका १७५ विद्यार्थीपछिको यो अर्को लट हो । टेकूस्थित शुक्रराज सरुवा रोग नियन्त्रण अस्पतालमा चैत्र ३ गते भर्ना गरिएका कोविड १९ आशँकित २८ बर्षीय स्कटिश नागरिकलाई नेगेटिभ नतिजा आएपछि हिजो ७ गते डिस्चार्ज गरिएको छ । तर केही मिडियाले भने उनी भागेको प्रचारबाजी गरेका थिए ।
टिप्पणीहरू