कोरोनाको यस्तो कहर (अपडेट)

कोरोनाको यस्तो कहर (अपडेट)

भाइरसको कारण बिश्वका १ अर्ब मानिस ‘लक अप’ को अवस्थामा पुगेका छन् । अर्थात ३५ देश ‘स्व बन्दी’ अवस्था झेल्दैछन्। संक्रमितको संख्या सवा ३ लाख कटेको छ । १९० मुलुकमा यो भाइरस फैलिसकेको छ ।

कोभिड १९ संक्रमित भई मर्नेको संख्या चीनमा भन्दा इटलीमा बढी छ । इटलीमा मात्र ५४०० भन्दा बढिको मृत्यु भैसकेको छ । बिश्वभरिमा मर्नेको संख्या १४ हजार नाघेको छ ।

अमेरिकाको अवस्था
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेर ३० हजार नाघेको छ । हिजै एकदिनमा मात्र यो रोगले १०० जना भन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या ४५२ पुगेको छ । कोभिड १९ संक्रमितको संख्या ३३ हजार नाघेको छ । न्यूयोर्क शहरमा मात्र यो संख्या १५ हजार पुगेको छ ।

न्यूयोर्क्, सिकागो र लसएन्जलस लक डाउनको स्थितिमा पुगेका छन् । अमेरिकी राष्त्रपती डोनाल्ड ट्रम्पले जनातालाई घरबाट ननिस्कन भनेका छन् । उनले कोरोनाको समस्या सबैको साझा समस्या भएकोले सबै मिलेर संघर्षमा उत्रण आह्वान गरेका छन् ।

भारतमा पनि संक्रमितको संख्या तीब्र रूपमा बढ्दो छ । सोमबारसम्ममा संक्रमितको संख्या ३९६ पुगेको छ । सबैभन्दा महाराष्ट्र यसको चपेटामा परेको छ, जहाँ ६३ जनामा कोभिड १९ संक्रमण पाइएको छ । त्यस्तै केरलामा ५२, राजस्थानमा २५ जनामा संक्रमण पाइएको छ ।

उता, अफ्रिका पनि बिस्तारै कोरोनाको चपेटामा पर्न थालेको छ । ट्युनिसियाले लकडाउन घोषणा नै गरिसकेको छ भने दक्षिण अफ्रिकामा २५० जना संक्रमित पाइएको छ । पुरा अफ्रिकामा सक्रमितको संख्या १ हजार नाघेको छ ।

टिप्पणीहरू