पुरानो पार्टीमा फर्किन लागेपछि लोसपाद्वारा जनप्रतिनिधि निश्कासित

पुरानो पार्टीमा फर्किन लागेपछि लोसपाद्वारा जनप्रतिनिधि निश्कासित

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा तराई–मधेसमा पार्टी फेर्नेको लर्को लागिरहेको छ । यहिबेला महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने एक जना जनप्रतिनिधिलाई कारवाही गरेको छ । बहालवाला जनप्रतिनिधि नै अर्को पार्टीमा प्रवेश गर्ने क्रम बढेको मधेसमा लोसपाले भने गाउँपालिका उपाध्यक्षलाई पार्टीबाट निकालेको हो ।

महोत्तरीको एकडरा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुन पार्टीबाट निकालिएकी हुन् । लोसपाको महोत्तरी जिल्ला कार्यसमितिले आज विज्ञप्ति जारी गर्दै उपाध्यक्ष खातुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।पार्टीको निर्देशनविपरीतका क्रियाकलापमा खातुन सहभागी भएको भन्दै कारबाही गर्नुपरेको लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहले जानकारी दिए । जिल्ला अनुशासन समितिको सिफारिसमा कार्यसमितिले उपाध्यक्ष खातुनलाई पार्टीबाट निष्कासन गरिएको अध्यक्ष साहको भनाइ छ ।

जसपा फुटेर लोसपा बनेपछि उपाध्यक्ष खातुनले लोसपा रोजेकी थिइन् । उनी पुनः जसपामै फर्कने तयारीमा रहेको स्रोतले जनाएको छ ।

टिप्पणीहरू