जिल्ला घुमेर आएका काँग्रेसी नेता रिपोर्ट बुझाउँदै

जिल्ला घुमेर आएका काँग्रेसी नेता रिपोर्ट बुझाउँदै

नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा चुनाव प्रचारप्रसार अभियानमा खटिएका प्रतिनिधिले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विभिन्न जिल्लामा चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिले प्रतिवेदन सुनाएका हुन् । आजको बैठकमा अहिलेसम्म दर्जनबढी रिपोर्ट प्रस्तुत गरिसकेको केन्द्रीय सदस्य मिनाक्षी झाले जानकारी दिइन् ।

‘शुक्रबारको बैठकमा २२ जनाले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो, आज बाँकीले बुझाउँदै हुनुुहुन्छ,’ झाले भनिन् । उनका अनुसार चुनावी अभियानमा खटिएका अधिकांशले काँग्रेस आगामी चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने सुझाव आएको छ ।

टिप्पणीहरू