मुगुको पार्टी कार्यालयको उद्घाटन ललितपुरबाट

मुगुको पार्टी कार्यालयको उद्घाटन ललितपुरबाट

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल प्रविधिबाट काँग्रेस मुगुको पार्टी कार्यालयको उद्घाटन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले काँग्रेस पार्टी कार्यालय मुगुको नवनिर्मित विपी स्मृति भवनको अहिले केहीबेरमा उद्घाटन गर्न लाग्नुभएको हो ।

उहाँले भौतिक रुपमा उपस्थित भई पार्टी कार्यालय र नेपाली काँग्रेस मुगुका संस्थापक सभापति बखतबहादुर शाहीको शालिक उद्घाटन गर्ने कार्यक्रम रहे पनि व्यस्ताताले भर्चुअल प्रविधिको प्रयोग गरिएको बताइएको छ ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति यतिखेर जारी नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकस्थल पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुनुहुन्छ ।

टिप्पणीहरू