शहीदलाई प्रचण्डले रोल्पा पुगेर सम्झनुभयो

शहीदलाई प्रचण्डले रोल्पा पुगेर सम्झनुभयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पामा निर्मित जनयुद्ध भ्यू टावरमा राखिएका जनसेनाको सालिक अनावरण गर्नुभएको छ ।

रोल्पा नगरपालिकामा बनाइएको भ्यूटावर उद्घाटन गर्न प्रचण्ड आजै रोल्पा पुग्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले रोल्पा जिल्लाले युद्धका बेला मात्रै नभएर शान्ति र निर्माणमा पनि योगदान गर्न सक्ने बताउनुभयो ।

सो क्रममा प्रचण्डले जनयुध्दका बेला आफूले रोल्पामा बिताएका क्षणको स्मरण गर्नुभएको थियो । भ्यूटावर जनयुद्ध संग्रहालयका रुपमा रहने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।

टिप्पणीहरू