एमाले महासचिव र माओवादी प्रवक्ताको जिल्लामा उजुरीको चाङ्ग

एमाले महासचिव र माओवादी प्रवक्ताको जिल्लामा उजुरीको चाङ्ग

दाङमा चालु आर्थिक वर्षको आठ महिनामा आर्थिक अनियमिततासम्बन्धी उजुरी बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार एक सय २२ उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष जम्मा ९४ उजुरी थिए ।

चालु आर्थिक वर्ष दाङको तुलसीपुरमा सबैभन्दा बढी आठ र गएको आर्थिक वर्षमा १० उजुरी परेका थिए । तीमध्ये जम्मा छ वटा उजुरी फछ्र्योट गरिएको छ ।

दुवै आर्थिक वर्षमा घोराही उपमहानगरपालिकामा २१, लमही नगरपालिकामा सात, राजपुर गाउँपालिकामा १५, शान्तिनगर गाउँपालिकामा सात, दङ्गीशरण गाउँपालिकामा १२, गढवा गाउँपालिकामा पाँच, राप्ती र बंगलाचुली गाउँपालिकामा एक एक वटा उजुरी परेका हुन् ।

उजुरीमा मूलतः विकास निर्माणको कार्य गुणस्तरहीन भएको, मापदण्ड विपरीत कार्य गरेको, अनुगमन समितिको प्रतिवेदन वस्तुगत र यथार्थ नभएको, गलत इष्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने, नगराउने तथा आवश्यकताभन्दा धेरै सामग्री खरिद गर्नेलगायत प्रवृत्ति उल्लेख गरिएको पाइएको छ ।

टिप्पणीहरू