निर्वाचन अधिकृत नै अनधिकृत काममा सक्रिय

निर्वाचन अधिकृत नै अनधिकृत काममा सक्रिय

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको निम्ति विभिन्न पालिकामा अधिकृत खटाएको छ । सोही क्रममा कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकामा पनि एक जना निर्वाचन अधिकृत पुगेका छन् ।

त्यहाँ जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) रत्नप्रकाश गिरी खटिएका हुन् । गिरीले गाउँपालिकाका वर्तमान अध्यक्षलगायत आकांक्षीहरुलाई बोलाउँदै विभिन्न खालका प्रलोभन र कडा वाक्य प्रयोग गरेको स्रोतले बताएको छ ।

उनले वर्तमान अध्यक्ष बजरङ्गी चौधरी र काँग्रेसका सम्भावित उम्मेदवार बलिउध्दिन मुसलमानलाई बोलाएर, ‘तिमीहरुलाई चुनाव जिताउने वा हराउनै मै हुँ,’ भन्दै, ‘जित्ने भए नियमित भेट्न आऊ’ भनेका हुन् ।

निर्वाचन अधिकृतले उम्मेदवारहरुसँग हिमचिम बढाउन शुरु गरेपछि कपिलवस्तुमा अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता सशंकित भएको बताइन्छ ।

टिप्पणीहरू