महन्थ र राजेन्द्र महतो पनि चुनावनिम्ति कस्सिए

महन्थ र राजेन्द्र महतो पनि चुनावनिम्ति कस्सिए

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि आगामी निर्वाचनमा हुने सहभागिताको विषयलाई अघि सार्दै छलफलमा जुटेको छ ।

पार्टी कार्यालय बबरमहलमा बसेको कार्यकारिणी समितिको बैठकमा आगामी स्थानीय तहको निर्वाचन र अघिल्लो सरकारसँग भएको सम्झौतामाथि छलफल भएको हो ।

बैठक अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको थियो । नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा,सर्वेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनाल,चन्द्रकान्त चौधरी, चन्दा चौधरीलगायतको उपस्थिति रहेको बैठक भोलि दिउँसो पुनः १ बजे बस्ने गरी आजलाई स्थगित गरिएको छ ।

टिप्पणीहरू