काठमाडौंमा पनि हतियार मागियो

काठमाडौंमा पनि हतियार मागियो

आगामी स्थानीय तहको निर्वाचनलाई सुरक्षित तुल्याउन इजाजत लिएर घरमा राखिएका हतियारलाई पछि फिर्ता गर्ने गरि बुझाउन नागार्जुन नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाको वडा नम्बर ६ कार्यालयले जारी गरेको सूचनामा चैत मसान्तभित्र नजिकको प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको छ ।सूचनामा भनिएको छ, ‘आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भरपर्दो, विश्वसनीय बनाउन नागार्जुन नगरपालिका वडा नम्बर ६ भित्र रहेका इजाजतपत्र प्राप्त हतियारहरु २०७८ चैत मसान्तसम्म स्थानीय तहको निर्वाचन पश्चात् फिर्ता हुने गरि नजिकको प्रहरी इकाइमा बुझाउन हतियारधनीलाई अनुरोध गरिन्छ ।’

टिप्पणीहरू