काठमाडौंका वडामा नेकपा एकीकृत समाजवादीको भेला जारी

काठमाडौंका वडामा नेकपा एकीकृत समाजवादीको भेला जारी

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले काठमाडौं महानगरपालिकामा भेला र बैठक डाक्न थालेको छ । हिजो १५ वडा स्तरीय पार्टी सदस्य समर्थक एवम् शुभचिन्तकको भेला राखिएको हो । उक्त कार्यक्रम डल्लु आवासस्थित गीतामाता स्कूलमा भएको हो ।

कार्यक्रम काठमाण्डौ महानगरपालिका १५ पार्टी कमिटी अध्यक्ष राजेश शाक्यको सभापतित्व र महासचिव वेदुराम भुसालको प्रमुख आतिथ्यमा भएको हो । सो अवसरमा उक्त क्षेत्रका सांसद जीवनराम श्रेष्ठको समेत उपस्थिति थियो ।

भेलामा १५ वडाका अध्यक्ष ईश्वरमान डंगोललगायत एक सयभन्दा बढीको उपस्थिति रह्यो ।

टिप्पणीहरू