बेलायती सैनिकहरु माओवादीमा छिरे

बेलायती सैनिकहरु माओवादीमा छिरे

भूतपूर्व ब्रिटिश आर्मी तथा प्रहरीहरु नेकपा माओवादी केन्द्रमा आवद्ध भएका छन् । हिजो झण्डै सवा सय त्यस्ता आर्मी र प्रहरी माओवादी मुख्यालय पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएका हुन् ।

पेरिसडाँडा,कोटेश्वरमा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा झण्डै एक सय २५ जना ब्रिटिश सैनिक तथा प्रहरीहरु उपस्थित भएको बताइएको छ । उनीहरुको संगठन गेसोका केन्द्रीय उपसचिव कृष्णकुमार राई पनि कार्यक्रममा सहभागी थिए ।

नेकपा एमाले परित्याग गरेर गेसोका अर्का केन्द्रीय उपसचिव जीतबहादुर राई,केन्द्रीय सदस्यहरु बुद्विराज राई, सीतादेवी राई, खड्ककुमार राई, नारायण राई,वरिष्ठ ज्येष्ठ नागरिक अमरसिंह आले माओवादी प्रवेश गरेको जानकारी दिइएको छ । त्यसैगरी जसपाबाट सोलुखुम्बु जिल्ला कमिटी सदस्यहरू दिपेन्द्र खड्का,दुर्गा केसी, जीतबहादुर तामाङ पनि उक्त पार्टीमा प्रवेश गरेका छन् ।

टिप्पणीहरू