एमालेको सामाजिक सेवा पाँच तारे होटलमा

नेकपा एमालेले सामाजिक सेवा केन्द्रको घोषणा गरेको छ । आज साँझ नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उक्त केन्द्रको घोषणा गरिएको हो । केन्द्रका अध्यक्ष मोतिलाल दुगड हुन् ।

दुगडको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि हुनुहुन्थ्यो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली र विष्णु रिमाल,सचिव गोकर्ण विष्ट तथा नेता अमृत बोहोरालगायत भएभरका वरिष्ठ नेताको उपस्थितिमा उक्त केन्द्रको घोषणा गरिएको बताइएको छ ।

टिप्पणीहरू