अछाममा पनि सत्ता गठबन्धनको तालमेल

अछाममा पनि सत्ता गठबन्धनको तालमेल

आगामी स्थानीय तहको निर्वाचनमा अछाम जिल्लामा क्रियाशील तीन वटा राजनीतिक दलले गठबन्धन र तालमेल गर्ने निर्णय गरेका छन् ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति गरेका हुन् । जिल्लाका १० वटै स्थानीय तहका ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरिएको छ ।

आज काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रवीन्द्र साउद र नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईद्वारा जारी संयुक्त विज्ञप्तिमा उक्त सहमति उल्लेख छ ।

‘केन्द्रीय गठबन्धनलाई आत्मसात गर्दै आगामी स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको १० वटै स्थानीय तह र ९१ वटै वडामा गठबन्धन अघि बढाउन हामी एकताबद्ध छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले स्थानीय तहका कमिटी र कार्यसमितिहरूलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न अनुरोधसमेत गरेका छन् । आउँदै गरेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै गठबन्धन दलमा आबद्ध सबैलाई सक्रिय रूपमा लागेर हरेक गतिविधिलाई अघि बढाउन आग्रह गरिएको छ ।

टिप्पणीहरू