आफूखुशी उम्मेदवारी दिएमा कारबाही गर्ने जसपाको चेतावनी

आफूखुशी उम्मेदवारी दिएमा कारबाही गर्ने जसपाको चेतावनी

जनता समाजवादी पार्टी सप्तरीले आफूखुशी उम्मेदवारी दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । पार्टीले आज विज्ञप्तिमार्फत जिल्लामा केही नेताले आफू उम्मेदवारी भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि कारबाही गर्ने चेतावनी दिएको हो ।

जिल्ला अध्यक्ष केदार प्रसाद यादवले पार्टीको निर्देशन विपरीत आफूलाई स्वघोषित उम्मेदवार भएको भन्दै जनतामा भ्रम फैलाउने क्रियाकलाप बन्द नगरे जोकोहीलाई पनि अनुशासनको कारबाही गरिने बताएका छन् । साथै, उनले स्थानीय चुनावमा उम्मेदवार चयन प्रक्रियालाई प्रभावित गर्ने काम रोक्न नेताहरुलाई आग्रह पनि गरेका छन् ।उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’पार्टीको स्थानीय तह निर्वाचन निर्देशिका २०७९ अनुसार उम्मेदवार चयन गरि माथिल्लो समितीमा सिफारिस गर्नुपर्ने प्रवाधान छ ।

तर, जिल्लामा केही व्यक्तिले पार्टीको विधी, प्रक्रिया र निर्वाचन सम्बन्धि कार्यविधिलाई नै चुनौती दिने गरि आफू उम्मेदवार भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरि भ्रम फैलाउने गतिविधी गरेको प्रती पार्टीको गम्भीर ध्यानार्कषण भएको छ ।’

टिप्पणीहरू